पाल्पामा समानुपातिकमा एमालेको अग्रता
पाल्पा | मंसिर ११, २०७९
सांकेतिक तस्बिर
पाल्पाः यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले समानुपातिकमा पहिलो स्थान ओगटेको छ । कांग्रेसले ३७ हजार नौ सय ७९ मत ल्याएर दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार आठ सय १३, नेकपा (माओवादी केन्द्र)ले पाँच हजार सात सय ९१, मङ्गोल नेशनल अर्गनाइजेशनले तीन हजार एक सय ९८, नेकपा (एकीकृत समाजवादी)ले एक हजार छ सय ९९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार पाँच सय ४२, राष्ट्रिय जनमोर्चाले छ सय ३२, राष्ट्रिय जनमुक्ति पार्टीले पाँच सय ४०, जनमत पार्टीले एक सय ३० मत प्राप्त गरेको छ ।
प्रदेशसभातर्फ पनि ५५ हजार तीन सय छ मत ल्याएर एमाले नै समानुपातिकमा पहिलो बनेको छ । कांग्रेसले ३९ हजार आठ सय ६८ मत पाएको छ । माओवादी केन्द्रले आठ हजार दुई सय १६, मङ्गोल नेशनल अर्गनाइजेशनको तीन हजार नौ सय पाँच, एकीकृत समाजवादीले तीन हजार सात सय ४०, राप्रपाले तीन हजार १५, राष्ट्रिय जनमोर्चाले एक हजार ३३, राष्ट्रिय जनमुक्ति पार्टीले सात सय ४८, हाम्रो नेपाली पार्टीको चार सय ९४, जनमत पार्टीले दुई सय ४९, जनता समाजवादी पार्टीले दुई सय ४२, नेपाल आमा पार्टीले एक सय ७७, नेकपा माक्र्सवादी लेलिनवादीले एक सय ४८, जनसमाजवादी पार्टीले एक सय छ मत प्राप्त गरेको छ ।
जिल्लामा दुई लाख एक हजार तीन सय २६ मतदाता रहेकामा प्रतिनिधिसभातर्पm एक लाख २१ हजार पाँच सय ९७ मत खसेको थियो भने तीन हजार पाँच सय ४५ मत बदर भएको छ । प्रदेशतर्फ एक लाख २२ हजार चार सय ४२ मत खसेको थियो । यसअन्तर्गत चार हजार ९४ मत बदर भई जिल्लामा कुल आठ हजार दुई सय ३९ मत बदर हुन पुगेको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

